काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमको अनुसन्धानका लागि पूर्वमन्त्री दीपक खड्कालाई पक्राउ गरेको बताएका छन् ।
पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्का आइतबार बिहान पक्राउबारे फेसबुकमार्फत गृहमन्त्री गुरुङले जानकारी दिदैँ लेखेका छन्- 'पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ।'
गत २४ भदौमा जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सार्वजनिक भएको थियो ।
त्यसपछि आगजनी हुँदा जलेको रकम सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सङ्कलन गरेको थियो ।
उनलाई आज बिहान केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले पक्राउ गरेको हो ।
हिजो बिहान जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक र पूर्वप्रधानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नियन्त्रणमा लिइएको छ ।