Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

इराकमा क्षेप्यास्त्र आक्रमण, वायुसेना विमान ध्वस्त

इराकमा क्षेप्यास्त्र आक्रमण, वायुसेना विमान ध्वस्त

मंगलवार , चैत्र १७, २०८२

एजेन्सी । इराकको रक्षा मन्त्रालयले राजधानी बगदादस्थित मोहम्मद अला एयर बेसमा भएको क्षेप्यास्त्र आक्रमणमा वायुसेनाको एक विमान ध्वस्त भएको जनाएको छ ।

सोमबार बिहान बगदाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको उक्त सैन्य आधारलाई लक्षित गर्दै आक्रमण भएको मन्त्रालयले पुष्टि गरेको हो।

घटनामा हालसम्म कुनै मानवीय क्षति भएको विवरण सार्वजनिक गरिएको छैन।

रक्षा मन्त्रालयले आफ्नो आधिकारिक वक्तव्यमा आक्रमणको कडा शब्दमा निन्दा गर्दै यसलाई ‘सैन्य प्रतिष्ठान र रक्षा क्षमतामा कमजोर पार्ने कायरतापूर्ण र आपराधिक कार्य’ को संज्ञा दिएको छ।

साथै, घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077