Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पूर्णबहादुर खड्काले नक्कली लेटरप्याट प्रयोग गरेको भन्दै कांग्रेसले गरायो सचेत

पूर्णबहादुर खड्काले नक्कली लेटरप्याट प्रयोग गरेको भन्दै कांग्रेसले गरायो सचेत

बुधवार , चैत्र १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन आयोगले पार्टीका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सचेत गराएको छ। 

बुधबार बसेको कांग्रेस अनुशासन समितिको बैठकले खड्कालाई सचेत गराउने निर्णय गरेको हो। गत शनिबार बिहान एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकलाई गिरफ्तार गरेको विरोधमा खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति निकालेका थिए।

‘कार्यवाहक सभापति’का रूपमा खड्काले विज्ञप्ति जारी गरेको विषयमा सचेत गराएको कांग्रेस अनुशासन समितिका संयोजक तारामान गुरुङले बताए।

बैठकको निर्णयबारे जानकारी दिँदै संयोजक गुरुङले भने–‘विभिन्न सामाजिक सञ्जाल र मिडियामा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारीमा छु भनी मिति २०८१ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ।’

अब उपरान्त यस्तो काम गर्ने जो कोही व्यक्तिमाथि कांग्रेसले कारबाही प्रक्रिया अगाडि बढाउने गुरुङको भनाइ छ। 

यस्तो छ खड्काले जारी गरेको विज्ञप्ति

purna.jpg
undefined

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077