Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, बचतकर्ताको करिब ४ अर्ब हिनामिना

गोरखा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, बचतकर्ताको करिब ४ अर्ब हिनामिना

शुक्रवार , चैत्र २०, २०८२

काठमाडौं । ललितपुरको ताल्छिखेलस्थित गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीका अध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

उनीहरुलाई सहकारीको बचत अपचलन गरेको आरोपमा विभिन्न ठाउँबाट विभिन्न मितिमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबाबाु क्षेत्री, सञ्चालकअविन कुमार राई र पूर्वलेखा सदस्य कर्ण राई रहेका छन्।

एसएसपी बोगटीका अनुसार तीन हजार १०० भन्दा बढी बचतकर्ताको करिब ४ अर्ब रुपैयाँ अपचलन गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।

उनीहरुमाथि प्रवाह भएको ऋण कमसल धितो रहेको, बिना धितो र बैंकमा पहिले नै रोक्का रहेको धितोलाई आधार बनाएर ऋण प्रवाह गरेको पनि आरोप छ । 

उनीहरूमाथि ५ दिन म्याद थप गरी अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको भट्टले जानकारी दिए।

सरकारले यस सहकारीलाई २०८१ असार ६ गते समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्त्व फर्स्यौटका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइसकेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077