Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसलाई रूपान्तरण हुन नदिन षड्यन्त्र भइरहेको छ: अर्जुननरसिंह केसी

कांग्रेसलाई रूपान्तरण हुन नदिन षड्यन्त्र भइरहेको छ: अर्जुननरसिंह केसी

शनिवार , चैत्र २१, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा समानुपातिक सांसद अर्जुननरसिंह केसीले पार्टी सभापति गगनकुमार थापा सँगको पारिवारिक सम्बन्धका आधारमा आफूलाई अवसरवादी देखाउने प्रयास भइरहेको बताएका छन् ।

उनले आफूलाई ‘ससुरा–ज्वाइँ’को ट्यागमा सीमित गरेर आलोचना गरिएकोप्रति आपत्ति जनाएका हुन् ।

उनले आफूलाई केवल गगन थापाको ‘ससुरा’का रूपमा चिनाउने प्रयास योजनाबद्ध षड्यन्त्र भएको स्पष्ट पार्दै यस्ता टिप्पणीले आफूलाई कुनै असर नपर्ने र आफ्नो राजनीतिक जीवन र योगदान छुट्टै पहिचान भएको दाबी गरेका छन् ।

‘मेरो पहिचानलाई सीमित गर्न खोजिएको छ, तर समाजले मलाई मेरो कामका आधारमा चिन्छ,' उनले भने।

कांग्रेसलाई रूपान्तरण हुन नचाहनेहरूले आफूलाई माध्यम बनाएर सभापति थापामाथि प्रहार गर्न खोजेको उनको आरोप छ ।पार्टीभित्रैबाट समेत यस्तो प्रवृत्ति देखिएको भन्दै उनले असन्तुष्टि जनाए ।

साथै केसीले आफू रुपान्तरण र पुस्तान्तरणको पक्षमा रहेको र विशेष महाधिवेशनको आवश्यकता औंल्याउँदै आएको बताए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077