Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

आफ्नो पक्षमा फैसला आएपछि केसीले भने- दम्भ र अहंकार कसैले राख्नु हुँदैन

आफ्नो पक्षमा फैसला आएपछि केसीले भने- दम्भ र अहंकार कसैले राख्नु हुँदैन

शनिवार , बैशाख ५, २०८३

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले दम्भ र अहंकार कसैले राख्न नहुने बताएका छन् ।

कांग्रेसको आधिकारिकता विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पक्षमा फैसला गरेपछि केसीले शनिबार सामाजिक सञ्जालमार्फत् यस्तो भनेका हुन् ।

केसीले लेखेका छन्- 'विशेष अधिवेशन विधिवत् रहेको विषय अदालतबाट टुङ्गो लागिसकेको वर्तमान अवस्थामा अब हामी सबैको प्राथमिकता कतैबाट पनि दम्भ, अहंकार वा शक्ति प्रदर्शन होइन, समग्र पार्टी एकतामा केन्द्रित हुनुपर्छ ।असहमतिमा रहेका साथीहरूलाई समेट्दै साझा एजेन्डा तय गर्ने, व्यक्तिगत विवादभन्दा विधि, पद्दति र संस्थागत हितलाई सर्वोपरी राख्ने संस्कारको विकास आजको हाम्रो साझा दायित्व हो ।'

लोकतान्त्रिकमा पार्टीभित्र वाद-विवाद स्वाभाविक भएको भन्दै उनले संवाद र सहमतिमार्फत् सबै पक्षको सम्मान गरेर १५ औं महाधिवेशनलाई एकता अधिवेशन र अभियानका रूपमा सफल बनाउनु पर्नेमा उनको जोड छ।

साथै वर्तमान चुनौतीहरू सामना गर्न सक्षम, सुदृढ र एकीकृत कांग्रेस निर्माणका लागि नेतृत्वले समावेशी निर्णय प्रक्रियालाई सशक्त बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077