Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अर्जुननरसिंह केसीले भने- काँग्रेस संसदीय दलको नेता छान्न सहमति गरौँ, नभए निर्वाचनमा जाऔँ

अर्जुननरसिंह केसीले भने- काँग्रेस संसदीय दलको नेता छान्न सहमति गरौँ, नभए निर्वाचनमा जाऔँ

आइतवार , चैत्र २९, २०८२

काठमाडौं । नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले संसदीय दलको नेता चयनका लागि सहमतिको प्रयास गर्नुपर्ने र सहमति नभए निर्वाचनमा जाने बताएका छन्।

संसदीय दलको नेतामा दाबी गरिरहेका बेला केसीले नेतृत्व चयन प्रक्रियामा आन्तरिक बहस स्वाभाविक रहेको उल्लेख गर्दै ‘को’ र ‘कस्तो’ नेता आवश्यक छ भन्ने विषयमा स्पष्ट आधार तय गर्नुपर्ने बताएका हुन्। 

उनले भने- 'प्रतिनिधिसभाको प्रमुख विपक्षी दल, नेपाली कांग्रेस संसदीय दलको नेता चयनमा पार्टीभित्र बहस हुनु स्वाभाविक हो। तर ‘को’ किन र ‘कस्तो’ नेता चाहिन्छ भन्नेमा हाम्रो स्पष्ट मापदण्ड तय हुनु आवश्यक छ । मैले पार्टीभित्र र सार्वजनिक रूपमा भनी नै सकेको छु सहमतिको मापदण्ड बनाऊ र सकेसम्म सर्वसम्मति गरौँ । मेरो पूर्ण समर्थन हुनेछ ।'

उनले दलको नेतामा सबैभन्दा युवा कि सबैभन्दा वरिष्ठलाई सहमतिमै चयन गर्नुपर्ने प्रस्ताव गरेका छन्। साथै, सांसद निर्वाचित भएपछि प्रत्यक्ष वा समानुपातिक प्रणालीबाट आएको आधारमा विभेद गर्नु उपयुक्त नहुने उनको भनाइ छ। 

संसदीय दलको नेता केवल पदमात्रै नभई प्रभावकारी प्रतिपक्षी भूमिका निर्वाह गर्ने जिम्मेवारी समेत भएको बताउदै अब ढिला नगरी निर्णयमा पुग्नुपर्ने बताएका छन् ।

नेपाली काँग्रेसले वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने तयारी गरिरहेको छ। 

उक्त पदका लागि केसीसहित भीष्मराज आङ्देम्बे, मोहन आचार्य र भरतबहादुर खड्काले दाबी गरेका छन् ।

कांग्रेसका प्रतिनिधि सभामा १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीबाट सांसदहरू निर्वाचित भएका छन् । 

प्रतिनिधि सभामा दोस्रो ठुलो दलका रुपमा रहेको नेपाली कांग्रेस बाहेक बाँकी दलहरुले यसअघि नै दलको नेता चयन गरी सकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077