Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधि सभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ

प्रतिनिधि सभाका ज्येष्ठ सांसद अर्जुननरसिंह केसीले लिए शपथ

बुधवार , चैत्र ११, २०८२

काठमाडौं । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सांसद केसीलाई शपथ गराएका हुन्।

केसी नेपाली काँग्रेसबाट समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन्। आज शपथ लिएका प्रतिनिधिसभाका सबैभन्दा ज्येष्ठ सदस्य केसीले भोलि बिहीबार प्रतिनिधि सभामा निर्वाचित २७४ सांसदलाई शपथ खुवाउने कार्यक्रम छ । 

फागन २१ गते प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

नयाँ सभामुख चयन नभएसम्म केसीले नै संसद् बैठक सञ्चालन गर्नेछन् ।

सभामुख निर्वाचित भएपछि ज्येष्ठ सदस्य केसीको यो विशेष जिम्मेवारी समाप्त हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077