एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले स्पेनिस शीर्ष डिभिजन लिग ला लिगामा एट्लेटिको म्याड्रिडविरुद्ध २–१ को कठिन जित निकालेको छ ।
शनिबार बार्सिलोनालाई एट्लेटिको घरेलु मैदान किभितास मेट्रोपोलिटानोमा जित दिलाउन मार्कस रासफोर्ड र रोबर्ट लेवान्डोस्कीले समान एक गोल गरे ।
एट्लेटिकोका गुलियानो सिमियोनोले गोल गरे । जितसँगै बार्सिलोनाले प्रतियोगितामा ७६ अंक जोडेको छ ।
पराजित एट्लेटिको भने ५७ अंकका साथ चौथो स्थानमा सीमित छ ।