Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

आइतवार , जेठ १०, २०८३

एजेन्सी । एफसी बार्सिलोनाले महिला च्याम्पियन्स लिगको उपाधि हात पारेको छ ।

नर्वेमा भएको महिला च्याम्पियन्स लिगको फाइनलमा लियोनलाई ४–० ले हराउँदै बार्सिलोनाले सिजनको चौथो उपाधि जितेको हो ।

खेलको दोस्रो हाफमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्यो। बार्सिलोनाका फरवार्ड इवा पाजोरले नर्वेको राजधानी ओस्लोस्थित उल्लेभल स्टेडियनमा दुई गोल गर्दै आफ्नो छैटौं गोल गरिन् ।

पाजोरले ५५ औं मिनेट र ६९ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्।

९० औं मिनेटमा सल्मा पारालुएलोले अर्को उत्कृष्ट प्रदर्शन गरिन्। यस्तै थप समयमा उनले प्याट्री गुइजारोको असिस्ट अर्को गोल गरिन्।

बार्सिलोनाले यस सिजनमा चारै घरेलु र अन्तर्राष्ट्रिय ट्रफी जित्न सफल भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077