Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेकी लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने दलहरुबीच सहमति

एमालेकी लिला भण्डारीलाई राष्ट्रिय सभा उपाध्यक्ष बनाउने दलहरुबीच सहमति

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्षमा एमाले सांसद लिला भण्डारीलाई अगाडि बढाउने निर्णय भएको छ ।

तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालको कार्यकाल सकिएपछि सो पद रिक्त थियो ।

रिक्त उपाध्यक्ष पदका लागि उम्मेदवारी दिन आइतबार २ः३० देखि ३ः३० बजेसम्मको समय दिइएको थियो ।

प्रतिनिधिसभाको चुनावमा रास्वपाले दुई तिहाइ बहुमत ल्याए पनि संसदको माथिल्लो सदन राष्ट्रियसभामा भने प्रतिनिधित्व छैन्। चुनावमा बढारिएका कांग्रेस, एमाले र नेकपाले राष्ट्रियसभामा सहमतिका साथ अघि बढ्ने निर्णय गरेका हुन्।

जसअनुसार दलहरुले एमालेकी भण्डारीलाई अघि बढाउने सहमति भएको हो । 

राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलहरूबीच जुटेको सहमति बमोजिम एमालेकी भण्डारीले अहिले मनोनयन दर्ता गर्दैछिन् ।

यसैगरी राष्ट्रिय सभामा कांग्रेस,कम्युनिस्ट र मधेश केन्द्रित दलहरुले गरेको भागबण्डामा कांग्रेसले विधायन व्यवस्थापन समिति र विकास आर्थिक मामिला समितिको सभापति पाएको छ ।

नेकपाले संघीयता सबलीकरण समिति र जसपाले सार्वजनीतिक नीति तथा प्रत्यायोजन विधायन समितिको सभापति पाएको छ । राष्ट्रिय सभाको अध्यक्ष यसअघि नै माओवादीका नारायण दाहाल छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077