Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

राष्ट्रियसभा उपाध्यक्ष भण्डारी एमालेको सबै जिम्मेवारीबाट अलग

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष लिला भण्डारी एमालेका सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेकी छन्।

उपाध्यक्ष भण्डारीले बुधबार एक पत्र जारी गर्दै पार्टीको सबै जिम्मेवारीबाट अलग भएको जानकारी गराएकी हुन्।

एमाले पोलिटब्युरो सदस्य रहेकी भण्डारीले चैत २४ गतेबाट उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेकी थिइन् ।

निष्पक्षता र तटस्थता कायम गर्नुपर्ने पद भएकाले आफूले पार्टीको जिम्मेवारी त्यागेको विज्ञप्तिमार्फत जानकारी गराएकी छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077