Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

कलाकार बलेविरुद्ध जाहेरी परेन, अभद्र व्यवहारमा ५ दिन हिरासतमा राख्न अनुमति

कलाकार बलेविरुद्ध जाहेरी परेन, अभद्र व्यवहारमा ५ दिन हिरासतमा राख्न अनुमति

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

शनिबार कपनको बालुवाखानीस्थित निवासबाट पक्राउ परेका लम्साललाई अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन उक्त म्याद दिइएको हो ।

प्रारम्भिक चरणमा बलात्कारसम्बन्धी आरोप सार्वजनिक भए पनि औपचारिक जाहेरी नपरेपछि प्रहरीले अभद्र व्यवहार मुद्दामै अनुसन्धान अगाडि बढाएको जनाएको छ।

अमेरिकामा बस्दै आएकी कलाकार संगम बिष्टले सामाजिक सञ्जालमार्फत लम्सालमाथि जबरजस्ती करणीको आरोप लगाएकी थिइन्। उक्त आरोप सार्वजनिक हुनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077