Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सागर लम्साल हाजिरी जमानीमा रिहा

सागर लम्साल हाजिरी जमानीमा रिहा

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । कलाकार सागर लम्साल बले हाजिरी जमानीमा रिहा भएका छन् ।

बलात्कार आरोपमा पक्राउ परेका बले आज हाजिरी जमानीमा रिहा भएका हुन् ।

अमेरिकामा बसोबास गर्दै आएकी संगम बिष्टले गत साता सामाजिक सञ्जालमार्फत उनीविरुद्ध अमेरिकामा घटना भएको दाबीसहित आरोप सार्वजनिक गरेकी थिइन्। 

सोही आधारमा प्रारम्भिक अनुसन्धानका लागि उनलाई  चैत २१ गते काठमाडौंको बूढानीलकण्ठबाट नियन्त्रणमा लिइएको थियो।

प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएकोमा आज उनलाई हाजिरी जमानीमा छाडिएको हो।

यद्यपी बिष्टले बलेमाथि बलत्कारको आरोपमा अमेरिकामा मुद्दा दायर गरेकी छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077