Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

उपसभामुख पदकी उम्मेदवार रुबीकुमारीले भनिन्- देशलाई सधैँ साथ दिन्छु

उपसभामुख पदकी उम्मेदवार रुबीकुमारीले भनिन्- देशलाई सधैँ साथ दिन्छु

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेदवारी दिएकाी श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुरले पदमा नियुक्त भए देशको सेवामा सधैँ तत्पर रहने प्रतिक्रिया दिएकी छन्।

बिहीबार उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीले सोधेका प्रश्नको संक्षिप्त उत्तर दिँदै  ठाकुरले आफू सक्षम रहेको स्पष्ट पारेकी हुन्।

२५ वर्षको उमेरमा पदीय जिम्मेवारी सम्हाल्न सक्ने क्षमताबारे  पत्रकारले सोधेको प्रश्नमा जवाफ दिँदै  ठाकुरले भनिन्- 'म सक्छु। म देशलाई सबैथोक गर्छु, सधैँ साथ दिनेछु।

प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ । यस्तै नेपाली कांग्रेसले पनि सघाउने भनिसकेको छ ।'

प्रतिनिधि सभाको उपसभामुख पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा र ठाकुरबीच प्रतिस्पर्धा हुने भएको छ।

उम्मेदवारी दर्ता बिहीबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समयमा संघीय संसद् सचिवालयमा गरिएको थियो।

संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार सरस्वती र रुवी कुमारीको मात्रै उम्मेदवारी दर्ता भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077