Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

विद्यार्थी संगठन खारेज गर्ने तयारीविरुद्ध विद्यार्थी संगठनहरूद्वारा आन्दोलन घोषणा

विद्यार्थी संगठन खारेज गर्ने तयारीविरुद्ध विद्यार्थी संगठनहरूद्वारा आन्दोलन घोषणा

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । विभिन्न राजनीतिक दलका विद्यार्थी संगठनहरूले सरकारले विद्यार्थी संगठनहरूमाथि गरेको प्रतिबन्ध घोषणाको विरोध गर्दै देशव्यापी आन्दोलनको घोषणा गरेका छन्।

शुक्रबार काठमाडौंमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

 विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णय संविधान, लोकतान्त्रिक मूल्य मान्यताविपरीत तथा नागरिक अधिकारमाथिको प्रत्यक्ष आक्रमण भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने उनीहरूको माग छ।

सरकारले हालै शासकीय सुधारअन्तर्गत विद्यार्थी संगठनहरूको गतिविधि नियन्त्रण वा प्रतिवन्ध गर्ने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध संयुक्त विद्यार्थी  संगठनहरूले विभिन्न चरणमा आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । 

जसअनुसार चैत २८ गते नागरिक अगुवा तथा सरोकारवालासँग अन्तरक्रिया गरिनेछ । 

चैत २९ देखि वैशाख ४ गतेसम्म देशभर कलेजस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

त्यसैगरी वैशाख ५ गते पूर्वविद्यार्थी नेता तथा सांसदहरूसँग संवाद गर्ने, वैशाख ७ देखि १४ गतेसम्म देशव्यापी प्रचारप्रसार, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम गर्ने, वैशाख ११ गते विश्वविद्यालयका उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने र वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम तय गरिएको छ ।

आन्दोलनको अन्तिम चरणमा वैशाख १५ गते काठमाडौं उपत्यकामा कापी-कलमसहित देशव्यापी प्रदर्शन गर्ने तय भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077