Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संयुक्त विद्यार्थी संगठनले माग्यो शिक्षामन्त्रीको राजीनामा

संयुक्त विद्यार्थी संगठनले माग्यो शिक्षामन्त्रीको राजीनामा

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । सरकारको विद्यार्थी संगठन खारेज गर्ने निर्णयसंगै संयुक्त विद्यार्थी संगठनहरुले मार्चपाससहित विरोध प्रदर्शन गरेका छन् ।

मंगलबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा विद्यार्थीले विद्यार्थी संगठनहरू खारेज गर्ने तयारी विरुद्ध विरोधसहित मार्चपास गरेका हुन् ।

विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णय संविधान र लोकतान्त्रिक मूल्य-मान्यताविपरीत हुनुका साथै नागरिक अधिकारमाथिको हस्तक्षेप भएको उनीहरूको जिकिर छ । उक्त निर्णय तत्काल फिर्ता गर्नुपर्ने माग विद्यार्थी नेताहरूले गरेका छन् ।

यसैबीच प्रदर्शनरत विद्यार्थीहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको राजीनामा समेत मागेका गरेका छन् ।

मार्चपास कार्यक्रममा बोल्दै अनेरास्ववियका उपाध्यक्ष अशोक थापाले विद्यार्थी संगठन खारेज गर्ने र विद्यार्थी संगठनलाई क्याम्पस प्रवेश गर्न निषेध गर्नेगरी मन्त्रिपरिषद्बाट निर्णय गर्ने सरकारको तयारीविरुद्ध आफूहरु आन्दोलनमा रहेको बताए ।

साथै उनले सरकारले विद्यार्थी संगठन खारेज गर्ने घोषणा फिर्ता नलिएसम्म आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन् ।

चैत १३ गते प्रधानमन्त्री नियुक्त भएका बालेन्द्र ९बालेन० शाहको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ‘शासकीय सुधारको १०० बुँदे कार्यसूची’ मार्फत सरकारले शैक्षिक संस्थामा हुने राजनीतिक हस्तक्षेप मुक्त गर्न विद्यालय र विश्वविद्यालय हाताबाट विद्यार्थी संगठनका संरचना हटाउने घोषणा गरेको थियो ।

सरकारको उक्त घोषणा अनुसार अबको केही दिनभित्र शिक्षण संस्थाहरूबाट दलीय आधारमा बनेका संगठनका संरचनाहरू हटाइने छ ।

जसका लागि शिक्षामन्त्री सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुलाई निर्देशन दिइसकेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077