Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

भाडा नतिरेपछि भृकुटीमण्डपका केही पसलसहित ऋषि धमलाको रिपोर्टर्स क्लबमा ताला

भाडा नतिरेपछि भृकुटीमण्डपका केही पसलसहित ऋषि धमलाको रिपोर्टर्स क्लबमा ताला

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपका भाडा नतिर्ने पसल तथा कार्यालयमा ताला लागेको छ। 

सोमबार समाज कल्याण परिषद्को टोलीले भृकुटीमण्डपका काठमाडौं पुस्तकालय, फोटो पत्रकार महासंघ, अपाङ्ग महासंघ लगायत २० वटा पसल तथा कार्यालयमा ताला लगाएको हो। 

पटक-पटक जानकारी गराउँदा पनि वर्षौँदेखि भाडा नतिरेपछि ताला लगाइएको परिषद्को‍ भनाइ छ।

भाडा नतिर्नेमा ऋषि धमलाको सामाचार संस्था रिपोर्टर्स क्लबस समेत रहेको छ ।

परिषद्का‍ कर्मचारीहरूले सुरक्षाकर्मीसहितको सहयोगमा तालाबन्दी गरेपछि भाडामा लिने संस्थाका पदाधिकारी र परिषद्का‍ कर्मचारीहरूबीच केहिबेर चर्काचर्की समेत चलेको थियो ।

हाल १० करोड भन्दा बढि भाडा उठ्न बाँकी रहेको र ताला लगाइएका कार्यालयलाई सात दिनभित्र बक्यौता बुझाउन निर्देशन दिएको परिषद्ले जानकारी दिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077