Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कम्युनिष्ट एकतामा केन्द्रित हुनुपर्ने नेकपाको निष्कर्ष, अर्को बैठक बैशाख ३ गते बस्ने

कम्युनिष्ट एकतामा केन्द्रित हुनुपर्ने नेकपाको निष्कर्ष, अर्को बैठक बैशाख ३ गते बस्ने

सोमवार , चैत्र ३०, २०८२

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले वामपन्थी शक्तिबीचको एकताका लागि क्रियाशील हुनुपर्ने निष्कर्ष निकालेको छ ।

केन्द्रीय कार्य संयोजन समितिमा अधिकांश नेताले कम्युनिष्ट एक हुनुको विकल्प नभएको धारणा राखेका छन्। चैत्र १९ गतेदेखि सुरु केन्द्रीय कार्य संयोजन समितिको प्रथम बैठकमा धारणा राख्ने सबैले कम्युनिष्ट विचारका सबै दल एक हुनुपर्नेमा बताएको नेता जगन्नाथ खतिवडाले बताए ।

मुलुक भूराजनीतिक चक्रव्युहमा फस्न लागेकाले संविधान र वामपन्थीको रक्षाका लागि कम्युनिष्ट पार्टी एक हुनुपर्ने मत अधिकांशको रहेको नेता खतिवडाले बताए ।

नेकपाको ४५ सदस्यीय केन्द्रीय कार्य संयोजन समितिका ४१ जनाले धारणा राखेका छन् । 

बैशाख ३ गते बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधव कुमार नेपालले धारणा राखेपछि राख्नेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077