Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नयाँ वर्ष २०८३ सुरु, हर्षोल्लासका साथ मनाइँदै

नयाँ वर्ष २०८३ सुरु, हर्षोल्लासका साथ मनाइँदै

मंगलवार , बैशाख १, २०८३

काठमाडौं । आजबाट नयाँ वर्ष २०८३ प्रारम्भ भएको छ । नयाँ वर्षलाई उत्साह, नयाँ उमंग र नयाँ सुरुआतका रूपमा पनि लिने गरिन्छ ।

आज वैशाख १ गते वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदै छ । 

संसारभर नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने प्रचलन छ । त्यसैमध्येको नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मानाइँदै आइएको छ । सबैभन्दा पूरानो संवत्का रूपमा विक्रम संवत्लाई स्थापित छ । सोही संवत्को आज पहिलो दिन हो । 

आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन तथा वैशाख संक्रान्ति अर्थात् मेष संक्रान्ति पनि हो । 
विश्वभर रहेका नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने गर्दछन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077