Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बाबु एआईजी, छोरीले निकालिन् इन्स्पेक्टरमा नाम

बाबु एआईजी, छोरीले निकालिन् इन्स्पेक्टरमा नाम

मंगलवार , बैशाख १, २०८३

काठमाडौ । बाबु नेपाल प्रहरीको एआईजी (अतिरिक्त प्रहरी महानिरीक्षक) दर्जामा बहाल रहँदा छोरी सशस्त्र प्रहरी बल (एपीएफ)को इन्स्पेक्टर (निरीक्षक) बन्न सफल भएकी छिन् ।

यस्तो खुसी एआईजी सुशील सिंह राठौरलाई भएको हो । राठौर अहिले एआईजीको रुपमा प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत छन् ।

उनै एआईजी राठौरकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको इन्स्पेक्टरमा नाम निकालेर तालिम समेत पूरा गरेर दिक्षित भएकी छिन् ।

e3bc6010-083f-4ac4-8795-5d2f489149bb.jpg

इन्स्पेक्टरेको कठिन तामिल सम्पन्नपछिको समारोहमा बाबु एआईजी राठौर समेत उपस्थित थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र छोरीको तस्वीर राख्दै छोरीलाई बधाई दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077