Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रास्वपाले बोलायो संसदीय दलको बैठक, के-के छन् छलफलका एजेन्डा ?

रास्वपाले बोलायो संसदीय दलको बैठक, के-के छन् छलफलका एजेन्डा ?

बुधवार , बैशाख २, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

बैठक बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्न लागेको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।

संसदीय समितिका सभापतिहरु चयनका लागि मनोनयन दर्ता हुनुअघि दलको रणनीति तय गर्न बैठक बस्न लागेको हो ।

संघीय संसद्मा १६ वटा समिति छन् । प्रतिनिधिसभा अन्तर्गत १०, राष्ट्रिय सभामा ४ र २ वटा संयुक्त समिति रहेका छन् ।

राष्ट्रिय सभाका समिति सभापतिहरूको निर्वाचन भइसकेको छ भने प्रतिनिधिसभा र संयुक्त समितिका सभापति चयन बाँकी छ ।

बिहीबार समितिका सभापतिहरूको मनोनयन दर्ता गर्ने कार्यक्रम छ भने शुक्रबार निर्वाचन हुने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077