Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुल्ला

इजरायलसहित चार देशमा पुनः श्रम स्वीकृति खुल्ला

बुधवार , बैशाख २, २०८३

काठमाडौं । सरकारले इजरायल सहितका चारद देशहरुमा पुन: श्रम स्वीकृति खुला गरेको छ ।

वैदेशिक रोजगार विभागले यसअघि स्थगन गरिएका इजरायल, कुवेत, बहराइन र लेबननको पुनः श्रम स्वीकृति दिन थालेको हो।

इरानले खाडीमा रहेका अमेरिकी सैन्य बेस क्याम्प निसाना बनाएर ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेर सुरक्षा चुनौती बढ्न थालेपछि ती देशमा रहेका नेपालीको सुरक्षा लागि थालेपछि सरकारले श्रम स्वीकृति स्थगन गरेको थियो ।

श्रम मन्त्रालयले १७ फागुन २०८२ को मन्त्रीस्तरीय निर्णय गर्दै पश्चिम एसिया तथा खाडी मुलुक साउदी अरब, यूएई, कतार, ओमान, यमन, जोर्डन, टर्की, इजरायल, कुवेत, बहराइन, लेबनान र इराकको श्रम स्वीकृति स्थगन गरेको थियो ।

त्यसपछि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको गत फागुन १७ को मन्त्रीस्तरीय निर्णयबाट साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुरु गरिएको थियो। 

मन्त्रालयले चैत ३० गतेको निर्णयअनुसार अहिले थप ४ देशमा पुनः सुरु गरिएको छ।

इराकका हकमा भने ११ पुस २०८२ को निर्णय बमोजिम हुने गरी श्रम स्वीकृति प्रदान हुने वैदेशिक रोजगार विभागले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077