Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

बुधवार , बैशाख २, २०८३

काठमाडौं। औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी नियुक्त भएकी छन्।

स्वास्थ्य मन्त्री निशा मेहताले मन्त्रीस्तरीय निर्णय गर्दै खड्कीलाई निमित्त महानिर्देशक नियुक्त गरेकी हुन्। 

यसअघिका विभाग महानिर्देशकलाई औषधिको मूल्य निर्धारण प्रक्रियामा कानुनविपरीत काम गरेको आरोप लागेपछि मन्त्री मेहताले  नारायणप्रसाद ढकाललाई गत चैत २६ गते मन्त्रालय तानेकी थिइन्।

स्वास्थ्यमन्त्री मेहताले अर्को व्यवस्था नभएसम्म खड्गीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएकी हुन्। 

हाल खड्गी विभागमा दशौँ तहकी वरिष्ठ औषधि व्यवस्थापकका रूपमा कार्यरत छिन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077