Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

संसदीय समितिका सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

संसदीय समितिका सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको नेतृत्व चयन प्रक्रिया आजदेखि औपचारिक रूपमा अघि बढ्दैछ । समितिहरूका सभापतिका लागि मनोनयन दर्ता आज दिउँसो १ बजेदेखि ४ बजेसम्म हुने भएको छ।

संघीय संसद् सचिवालयका अनुसार मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ भने उम्मेदवारहरूको सूची आजै साढे ४ बजे सार्वजनिक गरिनेछ।

प्रतिनिधिसभाअन्तर्गत १० विषयगत र २ संयुक्त समितिको सभापति चयन हुन बाँकी छ। सभापतिका लागि निर्वाचन भने शुक्रबार ९वैशाख ४० लाई तोकिएको छ। सो दिन अपराह्न १ बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेदवार प्रस्तुत गर्ने, समर्थकले समर्थन गर्ने र त्यसपछि निर्णयार्थ प्रस्ताव पेश गरिने प्रक्रिया तय गरिएको छ।

यसअघि चैत २७ गते बसेको प्रतिनिधिसभा बैठकले विषयगत समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाएको थियो। उक्त बैठकमै सभामुख डोलप्रसाद अर्यालले वैशाख ४ गतेलाई सभापति निर्वाचनको मिति घोषणा गरेका थिए।

प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानवअधिकार, कृषि, सहकारी तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास, महिला तथा सामाजिक मामिला, राज्य व्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, सार्वजनिक लेखा, अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन र उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित लगायत समितिहरू छन्।

त्यस्तै संयुक्ततर्फ संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समिति रहेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077