Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

‘दहेज मुक्त विवाह’ कार्डमै लेख्न उपसभामुख ठाकुरको आग्रह

‘दहेज मुक्त विवाह’ कार्डमै लेख्न उपसभामुख ठाकुरको आग्रह

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । उपसभामुख रुविकुमारी ठाकुरले विवाह निमन्त्रणापत्रमै ‘दहेज मुक्त विवाह’ भन्ने स्पष्ट सन्देश समावेश गर्न सबैलाई आह्वान गरेकी छन् ।

हालै प्राप्त धेरै विवाह निमन्त्रणापत्रहरूमा दाइजोमुक्त विवाहको उल्लेख नदेखिएकोप्रति चिन्ता व्यक्त गर्दै उनले नेपाली समाज अझै दाइजो प्रथाबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गरेको बताइन् ।

'धेरै निमन्त्रणापत्रहरू आए, तर ‘दहेज मुक्त विवाह’ भन्ने स्पष्ट सन्देश कतै देखिएन। यसले समाज अझै कुरीतिबाट मुक्त हुन नसकेको देखाउँछ,' उनले सामाजिक सञ्जालमार्फत भनिन्।

उनका अनुसार दाइजो लिनु–दिनु मात्र होइन, दाइजोमा आधारित विवाह स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो।

ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने उल्लेख गर्दै यसविरुद्ध व्यक्तिगत स्तरबाटै पहल गर्नुपर्नेमा जोड दिइन्।

'परिवर्तनको सुरुवात आफैंबाट गर्नुपर्छ। सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ,' उनले भनिन्।

दाइजो भएको विवाहमा आफू सहभागी नहुने स्पष्ट घोषणा गर्दै उनले दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गर्न आग्रह गरिन्।

साथै, विवाह कार्डमै ‘दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो’ भन्ने सन्देश समावेश गर्न सबैलाई अनुरोध गर्दै दाइजोमुक्त समाज निर्माणका लागि सामूहिक पहल आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077