Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संसदीय समितिमा रास्वपाको दबदबा: १० सभापति निर्विरोध, दुईमा चुनाव

संसदीय समितिमा रास्वपाको दबदबा: १० सभापति निर्विरोध, दुईमा चुनाव

बिहिवार , बैशाख ३, २०८३

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका विषयगत तथा संयुक्त गरी १२ संसदीय समितिमध्ये १० समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् भने बाँकी दुई समितिमा प्रतिस्पर्धा हुने भएको छ।

सभापतिका लागि तोकिएको समयसीमाभित्र १० समितिमा एकल उम्मेदवारी परेको थियो। हर्कराज राई का अनुसार दुई समितिमा भने दुई–दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

निर्विरोध निर्वाचित हुनेहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवारहरूको स्पष्ट वर्चस्व देखिएको छ।

अर्थ समितिमा कृष्णहरि बुढाथोकी, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनमा सुम्निमा उदास, उद्योग तथा वाणिज्य र श्रम समितिमा रहवर अन्सारी, कानुन समितिमा समीक्षा बास्कोटा, राज्य व्यवस्था समितिमा हरि ढकाल, महिला तथा सामाजिक मामिलामा आकृति अवस्था, पूर्वाधार विकासमा आशिष गजुरेल र कृषि समितिमा अशोककुमार चौधरी निर्विरोध चयन भएका छन्।

त्यस्तै, संघीय संसद्को संयुक्त संसदीय सुनुवाइ समितिको सभापतिमा बोधनारायण श्रेष्ठ निर्विरोध चयन भएका छन् भने सार्वजनिक लेखा समितिमा नेपाली कांग्रेस का भरतबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन्।

दुई समितिमा भने प्रतिस्पर्धा हुने भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ओजस्वी शेरचन र नेकपा एमाले का गुरुप्रसाद बरालबीच प्रतिस्पर्धा हुनेछ।

यसैगरी, संयुक्त समिति (राज्यका निर्देशक सिद्धान्त कार्यान्वयन अनुगमन) मा गणेश कार्की र मदनकुमारी शाह (गरिमा) बीच चुनाव हुने भएको छ।

शुक्रबार दिउँसो १ बजे सम्बन्धित समितिको बैठक बस्नेछ, जहाँ प्रस्तावक र समर्थकमार्फत नाम प्रस्तुत गरिनेछ।

एकल उम्मेदवारी परेकाहरूलाई औपचारिक रूपमा निर्विरोध घोषणा गरिनेछ भने प्रतिस्पर्धी समितिमा मतदानमार्फत निर्णय गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077