Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा डा. ओजस्वी शेरचन निर्वाचित

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापति पदमा डा.ओजस्वी शेरचन निर्वाचित भएकी छन्।

सभापति चयनका लागि समितिका ज्येष्ठ सदस्य महावीर पुनको अध्यक्षतामा बसेको  बैठकले शेरचन निर्वाचित भएको घोषणा गरेको हो ।

आज सम्पन्न निर्वाचन प्रक्रियामा प्रतिस्पर्धी उम्मेदवारका रूपमा रहेका एमालेका गुरु बराल पराजित गर्दे शेरचन सभापति पदमा चयन भएकी हुन्।

निर्वाचनमा गुरु बराललाई नेपाली काँग्रेस र नेकपाका तर्फबाट समर्थन प्राप्त भए पनि आवश्यक मत जुटाउन नसक्दा उनी पराजित भएका थिए। परिणाम घोषणा भएपछि उनले डा. शेरचनलाई बधाई दिएका छन्।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधि सभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गतका १० वटा र संयुक्त दुई वटा समिति सभापतिको निर्वाचन प्रक्रिया आज भइरहेको छ ।

संसदीय समितिका सभापतिहरूका लागि तय गरिएको कार्यतालिका अनुसार हिजो मनोनयन प्रक्रिया सम्पन्न गरिएको थियो ।

सोहि अनुसार समितिको सभापतिका लागि आज नेतृत्व चयन हुँदैछन् ।

राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिका सभापतिहरूको निर्वाचन यसअघि नै भइसकेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077