Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चर्को दबाबपछि सरकारी अस्पतालहरुमा पनि दुई दिन बिदा, आकस्मिक सेवा २४सै घण्टा

चर्को दबाबपछि सरकारी अस्पतालहरुमा पनि दुई दिन बिदा, आकस्मिक सेवा २४सै घण्टा

शुक्रवार , बैशाख ४, २०८३

काठमाडौं । सरकारी अस्पतालहरूको चर्को असन्तुष्टिपछि सरकारले अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा कायम गरेको छ ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालमा २ दिन बिदा दिँदा बिरामी मर्कामा पर्ने भन्दै अस्पतालहरुलाई आइतबार पनि ओपीडी खुला गर्न आग्रह गरेको थियो । स्वास्थ्य मन्त्रालयको यो निर्देशनसँगै चिकित्सकहरू आक्रोशित भएका थिए । साथै केही अस्पतालले मन्त्रालयको निर्देशन अवज्ञा गर्दै आइतबार अस्पताल बन्द गरेका थिए । 

चर्को दबाबपछि सरकार स्वास्थ्यकर्मीलाई पनि अन्य सरकारी कर्मचारी सरह सुविधा दिन निर्णयमा पुगेको हो ।

स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति नै जारी गरी शनिबार र आइतबार ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । 

'नेपाल सरकार मन्त्रिपरिषद्‌को निर्णयानुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचना बमोजिम शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था लागु भएको सन्दर्भमा स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न, सरकारको ‘हप्तामा दुई दिन सार्वजनिक बिदा को नीति अनुरूप आइतबारका पूर्व निर्धारित शल्यक्रिया लगायतलाई बिरामीको सहजता हेरी रिसेड्युल गरी अन्तरंग र आकस्मिक सेवाहरू सधैझै २४ सै घण्टा सुचारु रहने जानकारी गराईन्छ,' विज्ञप्तिमा भनिएको छ।’ 

मन्त्रालयले अस्पतालहरूमा बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न २४ सै घण्टा आकस्मिक तथा अन्तरंग सेवा यथावत सञ्चालन रहने जनाएको छ।

साथै आइतबारका लागि मिति तोकिएका शल्यक्रिया तथा अन्य प्रक्रियाको व्यवस्थापन मिलाउन अस्पतालहरूलाई निर्देशन दिइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077