Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले दिए राजीनामा

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. टंक बाराकोटीले दिए राजीनामा

शुक्रवार , कार्तिक २१, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंकप्रसाद बाराकोटीले पदबाट राजीनामा दिएका छन्।

स्वास्थ्य सेवा विभागका महानिर्देशकको पदमा कार्यरत डा। बाराकोटीले आइतवारबाट लागू हुने गरी राजीनामापत्र स्वास्थ्यमन्त्री डा. सुधा शर्मालाई आज बुझाएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उनले राजीनामा पत्रमा आफ्‌नो स्वास्थ्य र पारिवारिक कारणले राजीनामा दिएको उल्लेख गरेका छन्।

डा। बाराकोटीको नियमित पदावधि अझै दुई वर्षभन्दा बढी बाँकी थियो। केही महिना अघि अस्वस्थ भएपछि केही समय त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए।

बालरोग विशेषज्ञसमेत रहेका डा। बाराकोटी आफ्नो सरकारी सेवामा रहँदा सबैभन्दा धेरै समय उपत्यका बाहिर रहेर सेवा दिने विशेषज्ञ चिकित्सक हुन।

डा. बाराकोटी १२औँ तहमा बढुवा भएपछि मात्रै काठमाडौं आएका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077