Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गगन थापाले बृहत् एकताको पहल गर्नुपर्छ : मिन विश्वकर्मा

गगन थापाले बृहत् एकताको पहल गर्नुपर्छ : मिन विश्वकर्मा

आइतवार , बैशाख ६, २०८३

काठमाडौं । नेपाली कांग्रेसका पूर्व प्रचार–प्रसार प्रमुख मिन विश्वकर्माले पार्टीभित्रको आन्तरिक विवाद, सर्वोच्च अदालत को फैसला र निर्वाचन आयोग को निर्णयबारे समिक्षा गर्न आइतबार महत्वपूर्ण बैठक बसेको बताएका छन् ।

१४औँ महाधिवेशनबाट निर्वाचित सदस्यहरूको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले अदालतको फैसला र पार्टीको आगामी राजनीतिक दिशा तय गर्न गम्भीर समीक्षा गरिएको जानकारी दिए ।

विश्वकर्माका अनुसार कांग्रेसले अदालतको आदेशलाई सम्मान गर्दै कार्यान्वयन गर्ने स्पष्ट नीति लिएको छ। तर, उक्त फैसला र निर्वाचन आयोगको निर्णय संविधान, कानून र पार्टी विधानसँग बाझिएको भन्दै गम्भीर असहमति पनि कायम राखिएको छ।

'हामीसँग थुप्रै असहमति छन्, तर स्वतन्त्र न्यायपालिकाको सम्मानका लागि अदालतको फैसला मान्ने निर्णयमा छौँ,' उनले भने, 'तर असहमतिका बुँदाहरू प्रस्ट रूपमा राख्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ।'

उनले पार्टी अहिले कमजोर अवस्थामा पुगेको स्वीकार गर्दै त्यसबाट उकास्ने एकमात्र उपाय बृहत् एकता भएको बताए। आयोग र अदालतबाट म्यान्डेट प्राप्त केन्द्रीय कार्यकारी सभापति गगन थापा र उनको कार्यसमितिले तुरुन्तै एकताको पहल गर्नुपर्ने उनको जोड थियो।

'यदि एकताको पहलमा ढिलाइ भयो भने पार्टीले गम्भीर क्षति व्यहोर्न सक्छ,' उनले चेतावनी दिए ।

विश्वकर्माले छिट्टै निवर्तमान केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको काठमाडौंमा बैठक बस्ने, त्यसपछि प्रदेश र जिल्ला तहमा चरणबद्ध छलफल अघि बढाइने र अन्ततः बृहत् राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077