Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

पूर्वमन्त्री दीपक साहले स्टाटस लेख्दै पोखे एक शब्दको असन्तुष्टिः 'स्पष्टीकरण'

पूर्वमन्त्री दीपक साहले स्टाटस लेख्दै पोखे एक शब्दको असन्तुष्टिः 'स्पष्टीकरण'

मंगलवार , बैशाख ८, २०८३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुदन गुरुङलाई लिखित स्पष्टीकरण सोधेको चर्चाबीच पूर्वमन्त्री दिपक साहले असन्तुष्टि जनाएका छन् ।

केही दिनअघि सम्पत्ति शुद्धीकरणको आरोपमा पक्राउ परेका व्यवसायी दीपक भट्टको साझेदार रहेको खुलेपछि विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ स्पष्टीकरण सोधेको चर्चाका बीच उनले असन्तुष्टि जनाएका हुन् । 

यही चर्चालाई संकेत गर्दै पूर्वश्रममन्त्री साहले सामाजिक सञ्जालमा एक शब्दको स्टटास लेखेका छन- 'स्पष्टीकरण' ।

आफ्नो पहुँचको प्रयोग गर्दै श्रीमतीलाई स्वाथ्य बीमा बोर्डमा जागीर लगाउन भूमिका खेलेको भनेर तत्कालीन श्रममन्त्री साहलाई प्रधानमन्त्री शाहले मन्त्री बनेको १४ दिनमै बर्खास्त गरेका थिए 

उनले त्यसबेला आफूलाई स्पष्टीकरणको मौकासमेत नदिएर एकैपटक पदमुक्त गरिएको गुनासो गरेका हुन् ।

अनुसन्धानको दायरामा रहेको कम्पनीमा गृहमन्त्री आफैँ साझेदार हुँदा अनुसन्धान प्रभावित हुने भनी उनले राजीनामा दिनुपर्ने चौतर्फी मागहरू उठिरहेका छन् । 

तर, प्रधानमन्त्री शाहले श्रममन्त्री साहलाई जस्तो गृहमन्त्रीलाई तत्काल बर्खास्त गर्ने संकेत देखाएका छैनन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077