Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट दिन सरकारको निर्देशन

विद्यार्थीलाई सार्वजनिक यातायातमा ४५ प्रतिशत भाडा छुट दिन सरकारको निर्देशन

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनमा विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत भाडा छुट अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ ।

हालै यातायात व्यवसायी र सरोकारवाला निकायलाई परिपत्र गर्दै विभागले सहुलियत कडाइका साथ लागू गर्न ताकेता गरेको हो। 

हाल इन्धनको मूल्य बढेपछि केही गाडीहरूले विद्यार्थीलाई छुट नदिएको गुनासो बढेको छ । विद्यार्थीहरूले ‘हेलो सरकार’ र गुनासो पेटिकामा पनि छुट नपाएको उजुरी दिएका छन् ।

विद्यार्थी परिचयपत्र देखाउँदा पनि छुट नदिने, दुर्व्यवहार गर्ने घटना बढेपछि विभागले कडा रूपमा नियम पालना गर्न निर्देशन दिएको हो ।

विभागका अनुसार २०६५ फागुन २० गते सरकार र यातायात व्यवसायीबिच भएको निर्णय बमोजिम विद्यार्थीहरूले सवारी भाडामा ४५ प्रतिशत सहुलियत पाउने व्यवस्था छ।

सरकारले तोकेको यो सहुलियत कार्यान्वयन नगर्ने सवारी साधनलाई कारबाहीको दायरामा ल्याइने समेत विभागले जनाएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077