Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

सरकारले बढायो सार्वजनिक यातायातको भाडा

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा दर वृद्धि गरेको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले भाडा बढाएको हो। 

इन्धन मूल्यमा आएको उतारचढाव र अन्य आर्थिक सूचकलाई आधार मानेर नयाँ भाडा निर्धारण गरिएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ।

यस्तै मालवाहक सवारी साधनको भाडा पहाडी मार्गमा २१.६८ प्रतिशत र तराई मार्गमा १५.७५ प्रतिशतले समायोजन गरिएको छ।

अब सर्वसाधारणले यात्रा र सामान ढुवानी गर्दा नयाँ भाडा अनुसार शुल्क तिर्नुपर्नेछ।

पछिल्लो समय कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्य अकाशिएको छ। योसँगै यातायात व्यवसायीहरुले भाडा बढाउन माग गर्दै आएका थिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077