Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

फेरि सार्वजनिक सवारी साधनको भाडा बढाउन यातायात व्यवसायीको माग

फेरि सार्वजनिक सवारी साधनको भाडा बढाउन यातायात व्यवसायीको माग

बिहिवार , बैशाख ३, २०८३

काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले फेरि सवारी साधनको भाडा वृद्धि गर्न सरकारसँग माग गरेको छ । 

महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै इन्धनमा भारी वृद्धि भएकाले तत्काल सवारीको भाडादर वृद्धि गर्न माग गरेका हुन् ।

'नेपाल सरकारको स्वामित्व रहेको नेपाल आयल निगमबाट पटक-पटक मूल्यवृद्धिको सट्टा वैकल्पिक व्यवस्था मिलाउन यसै प्रेस विज्ञप्तिमार्फत जोडदार माग गर्दछौं,' विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय मध्यपूर्वको तनावका कारण कच्चा तेलको मूल्य अत्याधिक वृद्धि भइरहेको छ ।

सोहि अनुसार नेपाल आयल नियमले पटक-पटक डिजेल र पेट्रोलमा भारी मूल्य वृद्धि गरिरहेको छ । 

जसले सार्वजनिक यातायात क्षेत्रमा सञ्चालन हुने यात्रुवाहक सवारी साधन र मालवाहक सवारी साधन सञ्चालनमा कठिन अवस्था सिर्जना भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, विषम परिस्थितिको मूल्यांकन गर्दै देश भरी सेवा सञ्चालन गर्ने महासंघ सदस्यलाई पेट्रोलियम पदार्थको खपत कम गर्न र सेवा सञ्चालन गर्दा हुने घाटालाई न्यूनीकरण गर्न पनि विज्ञप्तिमार्फत स्मरण गराइएको छ ।

सरकारले यसअघि २५ चैतमा मात्रै सार्वजनिक यातायात तथा ढुवानीका सवारीको भाडादर समायोजन गरेको थियो । 

जसअनुसार मालवाहक सवारी साधनको भाडा पहाडी मार्गमा २१।६८ प्रतिशत र तराई मार्गमा १५।७५ प्रतिशतले समायोजन गरिएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077