Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सार्वजनिक यातायातमा आजैदेखि नयाँ भाडा दर लागू हुने

सार्वजनिक यातायातमा आजैदेखि नयाँ भाडा दर लागू हुने

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।  

यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा समायोजन गरी आजैदेखि लागू गर्ने जनाएको छ । 

विभागले विभागले २०८२ चैत २२ गते नै भाडा समायोजनका लागि आवश्यक फाइल मन्त्रालयमा पेस गरेको थियो । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालको मन्त्रीस्तरीय निर्णयपछि यातायात व्यवस्था विभागले नयाँ भाडा दर कार्यान्वयनमा ल्याएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाका अनुसार यात्रुवाहक सवारी साधनको भाडा १६.७१ प्रतिशतले बढाइएको छ।

यस्तै मालवाहक सवारी साधनको भाडा पहाडी मार्गमा २१.६८ प्रतिशत र तराई मार्गमा १५.७५ प्रतिशतले समायोजन गरिएको छ।

अब सर्वसाधारणले यात्रा र सामान ढुवानी गर्दा नयाँ भाडा अनुसार शुल्क तिर्नुपर्नेछ।

पश्चिम एसियाको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि व्यवसायीले भाडा बढाउन दबाब दिएका थिए । नेपाल आयल निगमले पनि द्वन्द्व सुरु भएसँगै पेट्रोलियम पदार्थको मूल्य तीन पटक बढाइसकेको छ । पेट्रोलको मूल्य अहिले प्रति लिटर २०२ रुपैयाँ र डिजलको भाउ प्रति लिटर १८२ रुपैयाँ छ । 

यद्यपी विगतमा इन्धनको मूल्यलाई मात्र मुख्य आधार मानिने गरे पनि यस पटक सवारी साधनका अन्य पार्टपुर्जा, लुब्रिकेन्ट्स र श्रम लागत लगायतका १३ वटा सूचकहरूलाई विश्लेषण गरी भाडा समायोजनको प्रस्ताव तयार पारिएको उपाध्यक्ष  सिटौलाको भनाइ छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077