Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बागमती सरकारले बढायो सार्वजनिक यातायातको भाडा, कहाँको कति ? (सूचीसहित)

बागमती सरकारले बढायो सार्वजनिक यातायातको भाडा, कहाँको कति ? (सूचीसहित)

शनिवार , चैत्र २८, २०८२

काठमाडौं। बागमती प्रदेश सरकारले सवारी साधनको नयाँ भाडादर समायोजन गरेको छ ।

संघीय सरकारले अन्तरप्रदेशका रुटमा चल्ने सवारी साधनको भाडादर समायोजन गरेसँगै बागमती प्रदेश सरकारले पनि काठमाडौं उपत्यकाभित्र र बागमती प्रदेशभित्रका सहरमा सञ्चालन हुने सवारी साधनका लागि भाडादर समायोजन गरेको  हो ।

प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेसँगै पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनमा भाडा वृद्धि कार्यान्वयनमा आएको हो। विद्युतीय सवारी साधनमा भने तत्काल भाडा बढाइएको छैन।  

नयाँ व्यवस्था अनुसार काठमाडौं उपत्यकाभित्र यात्रुवाहक सवारीमा २५.९६ प्रतिशत भाडा वृद्धि गरिएको छ। उपत्यका बाहिरका सवारीमा १७.३५ प्रतिशत, ट्याक्सी सेवामा १२.३९ प्रतिशत र मालवाहक सवारीमा २६.७९ प्रतिशतसम्म भाडा बढाइएको छ।

मन्त्रालयका अनुसार बजार मूल्यको उतारचढाव, इन्धन मूल्य वृद्धि र सञ्चालन लागत बढेका कारण भाडा समायोजन गरिएको हो। 

यसअघि अन्तर प्रदेश भाडा दर भने केन्द्रीय सरकारले तोकेर सार्वजनिक गरिसकेको छ । एक प्रदेशभित्रको भाडादर प्रदेश सरकारले नै तोक्ने नियम छ ।

1.jpg

2.jpg

3.jpg

4.jpg

5.jpg

6.jpg

7.jpg

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077