Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यस्तो छ लामो दुरीमा बढेको सार्वजनिक यातायातको भाडादर [सूचीसहित]

यस्तो छ लामो दुरीमा बढेको सार्वजनिक यातायातको भाडादर [सूचीसहित]

बुधवार , चैत्र २५, २०८२

काठमाडौं । लामो तथा मध्यम दूरीका (अन्तर प्रदेश) यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडादर बढाइएको छ। नयाँ दरसूचीअनुसार एउटै रुटमा न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ५२४ रुपैयाँसम्म भाडा बढेको हो।

सार्वजनिक गरिएको २८० वटा विभिन्न रुटहरूको सूचीअनुसार सबैभन्दा कम वृद्धि नारायणगढ–कावासोती बजार रुटमा देखिएको छ, जहाँ १८ रुपैयाँ भाडा बढेको छ। त्यस्तै, सिन्धुलीमाढी–बर्दिबास रुटमा १९ रुपैयाँ वृद्धि भएको छ। यस रुटमा पहिले १११ रुपैयाँ लाग्ने भाडा अब १३० रुपैयाँ पुगेको छ।

यता, सबैभन्दा धेरै वृद्धि काठमाडौँ–अत्तरिया हुँदै बाजुराको मार्तडी पुग्ने रुटमा भएको छ। यस रुटमा ५२४ रुपैयाँ भाडा बढेसँगै अब यात्रुले ३ हजार ६५६ रुपैयाँ तिर्नुपर्नेछ, जुन पहिले ३ हजार १३२ रुपैयाँ थियो।

दोस्रो ठूलो वृद्धि काठमाडौँ–अत्तरिया–चैनपुर (बझाङ) रुटमा भएको छ। यहाँ ५२० रुपैयाँ भाडा बढेर ३ हजार ६३५ रुपैयाँ पुगेको छ।

राजधानी काठमाडौँबाट बाहिरिने प्रमुख गन्तव्यहरू पनि महँगीको चपेटामा परेका छन्। अब काठमाडौँ–पोखरा यात्रामा १०९ रुपैयाँ थप तिर्नुपर्नेछ भने काठमाडौँ–धनगढी रुटमा ३३६ रुपैयाँले भाडा वृद्धि भएको छ।

भाडादर वृद्धिसँगै यात्रुहरू थप आर्थिक भारमा परेका छन् भने यातायात व्यवसायीहरूले भने लागत वृद्धि र इन्धन मूल्य समायोजनका कारण भाडा बढाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।

<iframe src="https://drive.google.com/file/d/1any4b_iaVBAZs_2V6YXnbWGZ9yoRZQ16/preview" width="640" height="480"></iframe>

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077