Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदनद्धारा साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा

सुदनद्धारा साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा

बुधवार , बैशाख ९, २०८३

काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले प्रगतीशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्यागको घोषणा गरेका छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीसँगको करिब ५ महिना लामो यात्रा टुङ्ग्याएको घोषणा गरेका हुन् ।

तत्कालीन माओवादी केन्द्रले विभिन्न वामपन्थी शक्तिहरुसँग एकता गर्ने भएसँगै जनार्दन शर्माको नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो ।

तर निर्वाचनमा एक सिट पनि ल्याउन नसकेपछि धमाधम नेताहरुले प्रलोपा छाडिरहेका छन् ।

उनले यसअघि नै पार्टीमा राजीनामा बुझाएका थिए । तर उनी औपचारिक रुपमा भने बोलेका थिएनन् ।

'प्रलोपाको साधारण सदस्य समेत नरहने निर्णय गरेको जानकारी गराउन चाहन्छु । करिब ५ महिनाको यस यात्रामा मार्गदर्शन गर्नुहुने आदरणीय नेताहरू, हातेमालो गर्ने सम्पूर्ण साथीहरू तथा कर्मचारीहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु,' किरातीले सामाजिक सञ्जालमा लेखेका छन् ।

पार्टी परित्याग गरे पनि राजनीतिबाट भने उनी टाढा नहुने उनले बताएका छन् । उनले जनसमुदायको भरोसा र सहिदको अधुरो सपनालाई आत्मसाथ गर्दै देश र जनताको सेवा तथा समाज रूपान्तरणको यात्रामा निरन्तर लागिरहने प्रतिबद्धता जनाएका छन्। 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077