Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रगतिशील राष्ट्रिय अभियानले भन्यो- निर्वाचन गर्नुको विकल्प छैन

प्रगतिशील राष्ट्रिय अभियानले भन्यो- निर्वाचन गर्नुको विकल्प छैन

बिहिवार , कार्तिक २७, २०८२

काठमाडौं । पूर्वमन्त्री जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएको हो ।

पत्रकार सम्मेलनका क्रममा बोल्दै पूर्व मन्त्री सुदन किराँतीले फागुन २१ मा कुनै पनि हालतमा निर्वाचन हुनुपर्ने बताए ।

उनले भने-'फागुन २१ गते कुनै पनि हालतमा निर्वाचन हुनैपर्छ । नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर छ । त्यसलाई हामीले ट्रयाकमा फर्काउनैपर्छ । लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुनै सक्दैन । त्यो निर्वाचनमा एउटै अनुहार विगत ३५ वर्षदेखि एउटै अनुहार म्युजिकल चियरको रूपमा गेम खेलिरहेका अनुहारलाई नेपाली जनतासँग एकताबद्ध भएर बिदा गर्नेछौँ । '

लोकतन्त्रमा निर्वाचन बाहेक अर्को उपाय हुन नसक्ने भन्दै उनले आगामी निर्वाचनबाट विगत ३५ वर्ष यता सत्तामा रहेका अनुहारलाई विस्थापन गर्नुपर्ने जरुरी रहेको बताए ।

नेपालको संविधान यतिबेला ट्रयाक भन्दा बाहिर रहेको भन्दै ट्रयाकमा फर्काउन निर्वाचनको विकल्प नभएको उनको भनाइ थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077