Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदन किराँतीलाई कोसीको मुख्यमन्त्रीमा अघि सार्ने हर्कको संकेत, मागे सुझाव

सुदन किराँतीलाई कोसीको मुख्यमन्त्रीमा अघि सार्ने हर्कको संकेत, मागे सुझाव

आइतवार , बैशाख २७, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीमा भर्खरै प्रवेश गरेका नेता सुदन किराँतीलाई कोसी प्रदेशको मुख्यमन्त्रीका रूपमा अघि सार्ने संकेत दिएका छन् ।

साम्पाङले आइतबार बिहान सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा सुझाव माग्दै लेखेका छन्, 'हाम्रा पार्टीबाट श्रमदाता सुदन किरातीज्यूलाई प्रदेश ! को मुख्यमन्त्री बनाउँदा कसो होला ? आफ्नो राय दिनुस् त !'

दुई दिनअघि मात्रै श्रम संस्कृति पार्टीमा प्रवेश गरेका किराँतीलाई सिधै प्रदेश नेतृत्वको सम्भावित अनुहारका रूपमा प्रस्तुत गरेपछि राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।

साम्पाङको अभिव्यक्तिलाई आगामी राजनीतिक रणनीति र चुनावी तयारीसँग जोडेर हेरिएको छ।

पूर्वमन्त्रीसमेत रहेका सुदन किराँती केही दिनअघि मात्रै श्रम संस्कृति पार्टीमा समाहित भएका थिए।

उनको प्रवेशसँगै पार्टीले पूर्वी नेपालमा राजनीतिक प्रभाव बढाउने अपेक्षा गरेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077