Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

प्रधानमन्त्रीका गतिविधीलाई बालापनको संज्ञा दिँदै सुदनले भने- जनताले नेतृत्वलाई संयमित र जिम्मेवार देख्न चाहन्छन्

प्रधानमन्त्रीका गतिविधीलाई बालापनको संज्ञा दिँदै सुदनले भने- जनताले नेतृत्वलाई संयमित र जिम्मेवार देख्न चाहन्छन्

आइतवार , जेठ २४, २०८३

काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले प्रधानमन्त्रीका पछिल्ला गतिविधीलाई बालापनको संज्ञा दिएका छन् ।

शनिबार राति प्रधानमन्त्री बालेन्द्र शाहले व्यक्तिगत फेसबुक पेजमा राखेको पोस्टलाई लिएर आज किरातीले पनि सामाजिक सञ्जालमा टिप्पणी गर्दै यस्तो भनेका हुन् ।

केहीदिन अघि उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव कृष्णहरि पुष्करले सचिवबाट अवकाश भएपछि राजदुत नियुक्त्तिमा सहयोग गर्न आग्ह गदै   प्रधानमन्त्रीलाई मेसेज गरेका थिए ।

 ‘चेन अफ कमान्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागी प्रधानमन्त्री लाई म्यासेज पठाएको आरोपमा पुष्करलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नियन्त्रणमा लिएर दिनभर सोधपुछ गरेको थियो ।

त्यसपछि शनिबार राति प्रधानमन्त्रीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमार्फत राजदूत नियुक्तिसम्बन्धी विषयलाई संकेत गर्ने शैलीमा स्टाटस लेख्दै प्रधानमन्त्रीको नम्बर मागेका थिए ।

जसबाट प्रधानमन्त्रीको कोर टीम तथा रास्वपा सांसदहरू पनि कमेन्ट बक्समा आएर राम्रै मनोरञ्जन लिइरहेका छन् ।

प्रधानमन्त्रीको स्टाटसमा शिक्षामन्त्री सस्मित पोखरेल, राजनीतिक सल्लाहकार असिम शाह, सांसदहरू रञ्जु दर्शना, ज्वाला संग्रौला लगायतले कमेन्ट गर्दै जिस्किरहेका छन् । 

सोहि विषयमा सम्माननीय प्रधानमन्त्री बालेनको बालापन’ लेख्दै किरातीले  राजनीतिक सिद्धान्तको दृष्टिले असल नेतृत्वको विशेषता संयमित, निष्पक्ष र जिम्मेवार देखिनु भएको उल्लेख गरेका छन्।

उनले लेखेका छन्- 'सार्वजनिक आलोचना भन्दा संस्थागत निर्णय, स्पष्ट निर्देशन र आवश्यक कारबाहीमार्फत सन्देश दिनु नेतृत्वको परिपक्व शैली मानिन्छ। यति भन्ने चाहीँ आँट गरे प्रहरीले बोलाएछ भने हाजिर हुनेछु ।'

उनले यही लेखेको विषयमा कारबाहीका लागि प्रहरीले बोलाए पनि आफु हाजिर हुन तयार रहेको बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077