बाँके । अवैध लागूऔषध (खैरो हेरोइन) र हतियारसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका–५ बाट सोही स्थान बस्ने २६ वर्षीय अजिजुल रहमान खाँ रहेका छन् ।
रहमानलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
रहमानको साथबाट २७५ ग्राम खैरो हेरोइन, १ थान पेस्तोल, दुई राउण्ड गोली, १ थान डिजिटल तराजु बरामद गरिएको छ ।
प्रहरीले थप १३ थान विभिन्न बैंकका चेक, २ थान गाडी, ३ थान मोटरसाइकल र सुनका गरगहनाहरु समेत बरामद गरेको छ ।
पक्राउ परेका प्रतिवादीहरु उपर लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान भई रहेको लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंजले जनाएको छ ।