काठमाडौं । लागूऔषध कारोबारीलाई पक्राउ गर्न काठमाडौंको साँखुमा प्रहरीले गोली चलाएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार लागूऔषध नियन्त्रण ब्यूरोले गोली चलाएको हो ।
लागुऔषध कारोबारीको तर्फबाट एउटा गोली चलेको भन्दै प्रहरीले पनि सुरक्षाको लागि एउटा गोली चलाएको जनाएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका लागूऔषध कारोबारीको अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले उनको साथबाट लागूऔषध र पेस्तोल बरामद गरेको जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।