Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दिल्लीबाट जुरिख उडान भर्न लागेको स्विस विमानमा आगलागी, ६ जना घाइते

दिल्लीबाट जुरिख उडान भर्न लागेको स्विस विमानमा आगलागी, ६ जना घाइते

आइतवार , बैशाख १३, २०८३

एजेन्सी । भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्न लागेको स्विस एयरको विमानमा आगलागी भएको छ। 

आज दिउँसो करिब १ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीबाट जुरिख जाँदै गरेको स्विस एयरलाइन्सको एलएक्स१४७ विमानको इन्जिनमा उडान भर्नु अघि आगलागी भएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमान रनवेमा गुडिरहेको बेला इन्जिन नम्बर १ मा समस्या देखिएपछि चालक दलले तुरुन्तै उडान रद्द गरेका थिए।

आगलागी भएपछि सबै यात्रुलाई तुरुन्तै सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

विमानमा कुल २३२ जना (२२४ यात्रु र ४ शिशु सहित) सवार थिए। जसमध्ये ६ जना यात्रु घाइते भएका छन्।

घाइतेलाई उपचारका लागि मेदान्त अस्पताल भर्ना गरिएको छ। अन्य यात्रुहरू भने सुरक्षित रहेको स्विस एयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077