Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शौचालय जाँदा लडेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु

शौचालय जाँदा लडेर सशस्त्र प्रहरीका हवल्दारको मृत्यु

सोमवार , बैशाख १४, २०८३

सप्तरी। सप्तरीको बोदेबर्साईन नगरपालिका-५ मा रहेको सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्पमा कार्यरत एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेकमा बारा जिल्लाको पचरौता नगरपालिका–८ का स्थायी घर भएका जितेन्द्र कुमार यादव रहेका छन् ।

यादव राति करिब ३ बजेतिर शौचालय जाँदा लडेर गम्भीर घाइते भएका थिए । 

उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेको थियो ।

मृतक यादवमा उच्चरक्तचापको समस्या रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण सप्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीले जानकारी दिएका छन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077