कपिलवस्तु । लुम्बिनी-तौलिहवा सडकखण्डको लवनीमा भएको मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ।
रूपन्देही जिल्ला रोहणी गाउँपालिका- ७ निवासी हाल प्रहरी चौकी कोपवा कपिलवस्तुमा कार्यरत प्रहरी सहायक हवल्दार राम विलास यादवको मृत्यु भएको हो ।
सुद्धोधन गाउँपालिका–३ गाउँपालिका कार्यालय नजिक दुई मोटरसाइकल आपसमा ठोक्किँदा लु ८३ प ७६९२ नम्बरको मोटरसाइकलमा सवार यादवको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले बताए । अर्को व्यक्ति गम्भीर घाइते भएका छन्।
मृतक सहायक प्रहरी हवल्दार यादव कार्यको सिलसिलामा रहेको बेला दुर्घटनामा परि मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई कार्यालयको तर्फबाट श्रद्धान्जली व्यक्त गर्दै परिवारजनलाई बुझाइने बताइएको छ ।