Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी प्रधान कार्यालयका सहायक हबल्दार थापा मृत फेला

प्रहरी प्रधान कार्यालयका सहायक हबल्दार थापा मृत फेला

सोमवार , पौष १४, २०८२

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत एक जना सहायक हबल्दार मृत फेला परेका छन् ।

आज बिहान नयाँबानेश्वर बुद्धनगरस्थित डेरा कोठाभित्र सहायक हबल्दार बलबहादुर थापा मृत फेला परेका हुन् ।

डेरा कोठाभित्र झुण्डिएको अवस्थामा भेटिएपछि उनकी श्रीमतीले तत्काल उद्धार गरी नजिकैको एभरेष्ट अस्पताल पुर्‍याएकी थिइन् । तर अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077