Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

सुकुमबासी बस्तीका विद्यार्थीहरुको सुरक्षा र सहजीकरणबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सुकुमबासी बस्तीका विद्यार्थीहरुको सुरक्षा र सहजीकरणबारे शिक्षामन्त्रीको ६ बुँदे सर्कुलर

सोमवार , बैशाख १४, २०८३

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुकुमबासी बस्ती स्थानान्तरण हुँदा अप्ठेरोमा परेका विद्यार्थीहरूको सुरक्षा र सहजीकरणबारे ६ बुँदे सर्कुलर जारी गरेका छन् । 

शिक्षामन्त्री पोखरेलको निर्देशनमा शिक्षा मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती स्थानान्तरण हुँदा त्यहाँ विद्यार्थीको परीक्षा व्यवस्थापन र विद्यालय समायोजनलाई प्रभावकारी उक्त सर्कुलर जारी गरिएको हो ।

मानव स्रोत विकास केन्द्रले सुकुमबासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई पायक पर्ने विद्यालयमा स्थानान्तरण गर्न सहजीकरण सबै स्थानीय तहलाई अनुरोध गरेको छ । 

खासगरी आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी हुने परीक्षार्थीहरूलाई परीक्षा केन्द्रसम्म जान आवश्यक सहजीकरण गर्न र विद्यालय नै प्रभावित भएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न गराउन अनुरोध गरिएको छ ।

साथै मन्त्रालयले विद्यार्थी तथा विद्यालयसँग सम्बन्धित अन्य कुनै गुनासो वा समस्या भएमा केन्द्रमा पठाउन पनि अनुरोध गरेको छ ।

7.jpg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077