Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पदमा रहँदासम्म यी १० वटा काम नगर्ने मन्त्री बादीको घोषणा

पदमा रहँदासम्म यी १० वटा काम नगर्ने मन्त्री बादीको घोषणा

मंगलवार , बैशाख १५, २०८३

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले आफूले कार्यकालभर ‘नगर्ने’ १० कामहरूको सूची सार्वजनिक गरेकी छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक उक्त प्रतिबद्धतामा उनले नातागोता, चिनजान वा दबाबका आधारमा कसैलाई जागिर नलगाउने, नियुक्ति नदिने र स्वार्थप्रेरित सरुवा–बढुवा नगर्ने स्पष्ट घोषणा गरेकी छन्।

'पदको दुरुपयोग कुनै हालतमा हुने छैन,' उनले उल्लेख गरेकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व सम्हालेकी बादीले कानुनविपरीत कुनै पनि भनसुन नसुन्ने र शक्तिको दुरुपयोग नगर्ने अठोट दोहोर्‍याएकी छन्।

लागूऔषध, ठगी, तस्करी जस्ता गम्भीर अपराधमा संलग्न व्यक्तिलाई संरक्षण गर्ने वा कारबाहीबाट बचाउने प्रयास आफ्नो तर्फबाट कहिल्यै नहुने उनले स्पष्ट पारेकी छन्।

भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ नीति अपनाउने उल्लेख गर्दै उनले कमिसन वा घुस नलिने मात्र होइन, त्यस्ता गतिविधि भएमा कडाइका साथ विरोध गर्ने प्रतिबद्धता जनाएकी छन्।

महिला, दलित, बालबालिका, ज्येष्ठ नागरिक तथा सीमान्तीकृत समुदायमाथि हुने हिंसा र अन्यायका विषयमा कुनै सम्झौता नगर्ने उनको भनाइ छ।

त्यस्तै, राज्यको स्रोत–साधनको दुरुपयोग नगर्ने घोषणा गर्दै मन्त्री बादीले मन्त्रीका रूपमा पाइने केही सुविधा—जस्तै सरकारी क्वार्टर, घरभाडा र कूटनीतिक राहदानीसमेत नलिने निर्णय सुनाएकी छन्।

नागरिकप्रति उत्तरदायी रहने प्रतिबद्धता व्यक्त गर्दै उनले भोट वा पहुँचका आधारमा नभई सबै नागरिकलाई समान व्यवहार गर्ने र दुःख–सुखमा साथ दिने वाचा गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077